‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ « Khabarhub

‘एक्टर’को काम सकाएर अमेरिका फर्किए नायक राजबल्लभ


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘एक्टर’का लागि नेपाल आएका नायक राजबल्लभ कोइराला अमेरिका फर्किएका छन् । उनी फिल्ममा आफ्नो अंशको काम सकेर आइतबार साँझ अमेरिका उडेका हुन् । 

फिल्मका निर्देशक राजन भुसालका अनुसार निर्माण टिमले कोइरालालाई काम सकिएपछि शनिबार नै बिदा गरेको हो । 

उनी भन्छन्, ‘सम्भवतः उहाँ फिल्मको प्रिमियर र प्रचारका लागि आउनुहुन्छ ।’

अभिनेता कोइरालाले अमेरिका जान दोहा ट्रान्जिटमा रहेको सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका थिए । उनले यो पटकको नेपाल बसाइँ विशेष रहेकोसमेत उल्लेख गरेका छन् । 

सक्रिय कलाकारिता छोडेर उनी अमेरिकामा बस्दै आएका छन् । उनले ११ वर्षपछि एक्टरबाट फिल्ममा पुनरागमन गर्दैछन् । यसको प्रदर्शन मिति कार्तिक १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ३ : ३६ बजे

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च