संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने « Khabarhub

संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल गर्न बसेको संयुक्त बैठक सकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक-सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा बसेको थियो । आजको छलफलमा कर्मचारीको माग सम्बोधनका लागि भोलि अर्थमन्त्री वर्षमान पुनसँग छलफल गर्ने सहमति भएको छ ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ । आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको थियो । हाल संसद् सचिवालयमा ३९० कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : १० बजे

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार