श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत « Khabarhub

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाले सोमबार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा संकटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ ।

जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको तुलनामा वृद्धि देखिएको छ ।  गत वर्षको सोही अवधिमा अर्थतन्त्रमा १०.७ प्रतिशत सङ्कुचन थियो । 

एउटा सर्वेक्षणमा ४.० प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (५.३ प्रतिशत) सुधार देखिएको हो । 

उप–अर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि २.२ प्रतिशत हुने अपेक्षा गरेको बताए ।
सबैभन्दा खराब आर्थिक संकटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनीय भएको उनले बताए । 

आधिकारिक तथ्यांकले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४.३ प्रतिशत सङुकुचनको तुलनामा पहिलो त्रैमासिकमा ११.८ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ ।

सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा ०.९ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ ।
गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई चार वर्षको २.९ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो । 

श्रीलंका सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा आर्थिक संकटमा परेको थियो । सन् २०२२ मा आर्थिक संकटको चरम अवस्थामा आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलंकामा महिनाौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको थियो ।  

यसैको परिणामस्वरूप सुरू भएको नागरिक आन्दोलनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षको निवासमा आक्रमण गरेको र आन्दोलनले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो । 

उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले आर्थिक संकटलाई व्यवस्थापन गर्न उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने करलाई दोब्बर बनाई राज्यको राजस्व बढाउन वस्तुहरूको मूल्य बढाएको थियो  । 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ५२ बजे

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य