श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत « Khabarhub

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंश्रीलंकाले सोमबार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा संकटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ ।

जनवरीदेखि मार्चसम्ममा ५.३ प्रतिशत विस्तारले अघिल्लो तीन महिनाको तुलनामा वृद्धि देखिएको छ ।  गत वर्षको सोही अवधिमा अर्थतन्त्रमा १०.७ प्रतिशत सङ्कुचन थियो । 

एउटा सर्वेक्षणमा ४.० प्रतिशतको पूर्वानुमान रहेको तर पहिलो त्रैमासिकको सुधारले अनुमान गरिएभन्दा बढी (५.३ प्रतिशत) सुधार देखिएको हो । 

उप–अर्थमन्त्री रञ्जित सियाम्बलापितियाले सरकारले सन् २०२४ मा समग्र वार्षिक वृद्धि २.२ प्रतिशत हुने अपेक्षा गरेको बताए ।
सबैभन्दा खराब आर्थिक संकटको सामना गरेको दुई वर्षपछि सकारात्मक वृद्धि हासिल गर्न सफल हनु उल्लेखनीय भएको उनले बताए । 

आधिकारिक तथ्यांकले सन् २०२३ को जनवरीदेखि मार्चसम्ममा २४.३ प्रतिशत सङुकुचनको तुलनामा पहिलो त्रैमासिकमा ११.८ प्रतिशतको विस्तारका साथ औद्योगिक क्षेत्रमा तीव्र सुधार देखिएको छ ।

सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरबाट मेमा ०.९ प्रतिशतमा झरेको कारण निर्माण क्षेत्रमा पनि सुधार देखिएको छ ।
गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई चार वर्षको २.९ अर्ब डलर कर्जा सहयोगको एक भागको रूपमा तीन करोड ३६ लाख अमेरिकी डलर प्राप्त गरेको थियो । 

श्रीलंका सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण तिर्न नसक्दा आर्थिक संकटमा परेको थियो । सन् २०२२ मा आर्थिक संकटको चरम अवस्थामा आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलंकामा महिनाौँसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको थियो ।  

यसैको परिणामस्वरूप सुरू भएको नागरिक आन्दोलनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षको निवासमा आक्रमण गरेको र आन्दोलनले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो । 

उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले आर्थिक संकटलाई व्यवस्थापन गर्न उदार ऊर्जा अनुदान फिर्ता लिएका थिए भने करलाई दोब्बर बनाई राज्यको राजस्व बढाउन वस्तुहरूको मूल्य बढाएको थियो  । 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ५२ बजे

रास्वपाको ‘फ्लाइङ किस’ अभियान प्रभाव : रवि- बालेनको गालासम्मै आउन थाले फ्यान

काठमाडौं– नेपाली राजनीतिमा कहिल्यै नदेखिएको ‘फ्लाइङ किस’ अभियान यतिबेला राष्ट्रिय

नवलपुर–२ : रास्वपाका उम्मेदवार मनिषको वाचापत्र सबैभन्दा पहिले आमालाई 

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी

शेखर कोइरालाको प्रतिबद्धता- सुकुम्बासी व्यवस्थापन र विराटनगर चक्रपथ निर्माण 

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन