युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले « Khabarhub

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पर्न सक्ने जोखिमबारे विश्वको ध्यानाकर्षण गराउन बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त समुद्री क्षेत्रमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् । 

संयुक्त राष्ट्रसङ्घका महासागरसम्बन्धी संरक्षकसमेत रहेका ५६ वर्षीय पुघले पौडी खेल्ने क्रममा नजिकै रहेको तेल ट्याङ्करमाथि आक्रमण भएको र विस्फोट भएको प्रत्यक्ष देखेका थिए ।

उनका अनुसार युद्धका क्रममा जहाजमाथि हुने आक्रमणबाट फैलिने तेल तथा रासायनिक प्रदूषणले समुद्री जीव, मुगा चट्टान र म्यान्ग्रोभ वनमा दीर्घकालीन असर पार्न सक्छ । यस्तो प्रदूषण नियन्त्रण र सफाइ गर्न कठिन हुने भएकाले यसको प्रभाव पुस्तौँसम्म रहन सक्ने उनले चेतावनी दिएका छन् ।

पुघले युद्धअघि ओमानी तटमा पौडी खेल्दा सयौँ समुद्री कछुवा देखेको स्मरण गर्दै यसपटकको पौडीका क्रममा डल्फिन र ओस्प्रे चरासमेत देखेको बताएका छन् । यसले हर्मुज जलघाँटी समुद्री जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेको पुष्टि गर्ने उनको भनाइ छ ।

इरान युद्धका क्रममा दर्जनौँ तेल ट्याङ्कर क्षतिग्रस्त भएका छन् । जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्ने प्रयासस्वरूप इरानले जहाजमाथि आक्रमण तीव्र बनाएको छ । युद्धअघि विश्वभर हुने कुल तेल व्यापारको करिब पाँच भागको एक भाग हर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो ।

समुद्री वातावरण संरक्षणका लागि चार दशकदेखि सक्रिय पुघले यसअघि उत्तरी ध्रुव, अन्टार्कटिका र विश्वका विभिन्न समुद्री क्षेत्रमा पौडी खेलेर वातावरणीय मुद्दामा ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसपटकको अभियानमार्फत उनले युद्ध अन्त्य गर्न, हर्मुज जलघाँटी खुला राख्न र युद्धका कारण फैलिएको प्रदूषण सफा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १२ : ३९ बजे

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा

कनक चैत्य महाविहारमा दुर्लभ ‘अयूता हुति महायज्ञ’, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं– काठमाडौंस्थित कनक चैत्य महाविहारमा आयोजना गरिएको दुर्लभ धार्मिक अनुष्ठान

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु– जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि

इरानले ‘डर्टी बम’ बनाइरहेको दाबीबारे ट्रम्पले भने- थाहा छैन

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘डर्टी बम’ निर्माण

चुनाव जित्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा