प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिऊँ : विप्लव « Khabarhub

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिऊँ : विप्लव


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सरकारमै बसेको पार्टीले र आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भन्नु सरकार सुरक्षित नहुनु भएको बताएका छन् ।  

उनले प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग काम गर्ने समेत बताए ।

सोमबार शहीद तथा बेपत्ता परिवारले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने,  ‘प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दियो भने अहिलेको भन्दा राम्रोसँग चल्छ । उहाँलाई काम गर्न दिइएको छैन । एउटा रणनीति बनाएर दिनोस्’, प्रचण्डको समर्थन गर्दै विप्लवले भने, ‘उहाँलाई साँझ बिहानै कुर्सी बचाउन ठिक्क छ । पख दिउँला खालास भन्ने बाहेक केही गर्न पाएका छैनन् । तैपनि उहाँलाई तनाव छ । अर्थमन्त्रीले बजेट ल्याएका छन् । सरकारमै बसेको पार्टीले पनि ठिक छैन भनेको छ । हुँदाहुँदै आफ्नै पार्टीका मन्त्रीले समेत ठिक छैन भनेको छ । यस्तो तरिकाबाट कसरी चल्छ ?’

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ५८ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको