वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट  « Khabarhub

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट 


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा अर्थात जेठ महिनामा मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । 

जसमा ६४ हजार ८८६ जना पुरुष रहेका छन् भने ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेश गएको विभागले जनाएको छ । 

रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट –जस्तै (कोरिया) ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । 

जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ । 

विदेश जानेमध्ये सबैभन्दा बढी युएई गएको विभागले जनाएको छ । जेठ महिनामा मात्र २० हजार ४२४ जना युएई गएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : १२ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले