पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात बन्दुकधारीले दुई जनाको गोली प्रहार गरी हत्या गरेका हुन् ।

छुट्टाछुट्टै घटनामा पाकिस्तानको पञ्जाब प्रान्तस्थित मण्डी बहाउद्दिन जिल्लाका ६२ वर्षीय गुलाम सरवर र राहत अहमद बाजवाको गोली हानी हत्या भएको हो ।

प्रहरीका अनुसार बेलुकीको प्रार्थना सकेर घर फर्किँदै गर्दा गुलाम सरवरलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन इण्डिया टीभीको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी, अर्को घटनामा आफ्नो केटरिङ पसलबाट घर फर्किँदै गर्दा राहत बाजवामाथि गोली प्रहार भएको थियो । गोली प्रहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय सइद अली राजालाई पक्राउ गरेको छ ।

राजाले बाजवाको आस्थाका कारण आफूले गोली प्रहार गरेको स्वीकार गरेका छन् । उनी तहरिकलब्बियाक पाकिस्तान नामक अतिवादी संगठनसंग आबद्ध रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : १६ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको