काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न | Khabarhub Khabarhub

काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय राजधानीसँग कर्णाली जोड्ने अभियानका रुपमा काठमाडौँमा जारी तीन दिने ‘कनेक्टिङ कर्णाली’ प्रदर्शनी सम्पन्न भएको छ ।

मनघरी फाउण्डेशनको अग्रसरतामा यही असार १ गतेदेखि सुरु प्रदर्शनीमा शब्द, दृश्य, चित्र र उत्पादनमार्फत कर्णालीलाई काठमाडौंसँग जोड्ने अभियान सुरू गरिएको आयोजक एवं ‘कनेक्टिङ कर्णाली’ का परिकल्पनाकार भरतबन्धु थापाले बताए।

‘हामीले कर्णालीका दश जिल्लाका विशेषतालाई प्रदर्शनीमा समेटेका छौँ । यसै महिनाबाट सुरू गरिएको अभियानमा दर्शकको राम्रै सहभागिता रह्यो । यस प्रदर्शनीले कर्णाली बुझ्न र चिन्न मद्दत ग¥यो भन्नेमा हामी विश्वस्त छौँ’, आयोजक थापाले भने ।

कर्णाली प्रदेशमा १० जिल्लाकै विशेषतालाई १० महिनासम्म प्रदर्शनी गर्ने अभियानको सुरुआत खस कला, संस्कृति र सम्पदाको खानी दैलेखबाट गरिएको र आगामी महिना डोल्पाको विशेषतालाई प्रदर्शनी गरिने उनले जानकारी दिए ।

उनले भने, ‘सबै वर्ग र उमेर समूहका व्यक्तिलाई प्रदर्शनीमा देखियो । उहाँहरूको कौतुहलतालाई प्रदर्शनीमा राखिएको तस्बिर र भिडियोले मेट्न सफल भएको छ ।’

काठमाडौँको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा सम्पन्न प्रदर्शनीमा ३२ वटा तस्बिर तथा पाँच वटा भिडियोहरू राखिएको थियो ।

साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायले उत्पादन गरेका सामग्रीमा पनि प्रदर्शनी हेर्न आउनेले चाख दिएका छन् । अभियान प्रत्येक महिनाको पहिलो शनिबारदेखि सुरु भई तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ०४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले