फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र विदेश सम्बन्ध कस्तो रहला ? | Khabarhub Khabarhub

फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र विदेश सम्बन्ध कस्तो रहला ?


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र चीनबीचकोसम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेर गएको छ । हालै सम्पन्न युरोपेली संसदको निर्वाचनमा फ्रान्सेली उग्र दक्षिणपन्थी शक्तिशाली भएर उदाएको छ ।

फ्रान्सको उग्र दक्षिणपन्थी नेशनल ¥याली पार्टीले कुल मतको ३१ दशमलब५ प्रतिशत मत प्राप्त गरेको छ । यससँगै फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले अपर्झट आम निर्वाचनको घोषणा गरेका छन् ।

जापानबाट प्रकाशित हुने निक्के एसियाका अनुसार फ्रान्समा आगामी जुन३० र जुलाई ७ मा आम निर्वाचनको आयोजना हुँदैछ । उक्त निर्वाचनमा पनिदक्षिणपन्थीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

ब्रसेल्समा रहेको ब्रुगेल नामक संस्थाका फेलो अलिसिया गार्सिया हेरेरोकाअनुसार यस निर्वाचनपछि शक्तिमा आएको खण्डमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक फ्रान्सेली सत्तामा दक्षिणपन्थीको पकड हुनेछ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चीनसँगको सम्बन्धमा सुधार ल्याएको बताइन्छ। यद्यपि चीनसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा युरोपेली युनियन ईयूमाआबद्ध २७ मुलुकका नेताहरुबीच गहिरो मतभेद रहेको छ ।

केही दक्षिणपन्थी शक्तिहरु राजनीतिक दर्शनकै कारण पनि साम्यवादी चीनको विपक्षमा उभिएका छन् भने हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर ओर्बानजस्ता नेताहरु चीनको पक्षमा देखिएका छन् ।

बेल्जियन थिंकट्यांकका वरिष्ठ रिसर्च फेलो जेम्स मोर्गनका अनुसार फ्रान्सेली निर्वाचनपछिदक्षिणपन्थी सरकार गठन भएमा त्यसले म्याक्रों प्रशासनलाई चीनप्रति कठोरनीति अपनाउन दबाब दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : १३ बजे

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार