फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र विदेश सम्बन्ध कस्तो रहला ? « Khabarhub

फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र विदेश सम्बन्ध कस्तो रहला ?


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्समा उग्र दक्षिणपन्थीको उदयसँगै युरोप र चीनबीचकोसम्बन्धमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेर गएको छ । हालै सम्पन्न युरोपेली संसदको निर्वाचनमा फ्रान्सेली उग्र दक्षिणपन्थी शक्तिशाली भएर उदाएको छ ।

फ्रान्सको उग्र दक्षिणपन्थी नेशनल ¥याली पार्टीले कुल मतको ३१ दशमलब५ प्रतिशत मत प्राप्त गरेको छ । यससँगै फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले अपर्झट आम निर्वाचनको घोषणा गरेका छन् ।

जापानबाट प्रकाशित हुने निक्के एसियाका अनुसार फ्रान्समा आगामी जुन३० र जुलाई ७ मा आम निर्वाचनको आयोजना हुँदैछ । उक्त निर्वाचनमा पनिदक्षिणपन्थीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

ब्रसेल्समा रहेको ब्रुगेल नामक संस्थाका फेलो अलिसिया गार्सिया हेरेरोकाअनुसार यस निर्वाचनपछि शक्तिमा आएको खण्डमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक फ्रान्सेली सत्तामा दक्षिणपन्थीको पकड हुनेछ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चीनसँगको सम्बन्धमा सुधार ल्याएको बताइन्छ। यद्यपि चीनसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा युरोपेली युनियन ईयूमाआबद्ध २७ मुलुकका नेताहरुबीच गहिरो मतभेद रहेको छ ।

केही दक्षिणपन्थी शक्तिहरु राजनीतिक दर्शनकै कारण पनि साम्यवादी चीनको विपक्षमा उभिएका छन् भने हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर ओर्बानजस्ता नेताहरु चीनको पक्षमा देखिएका छन् ।

बेल्जियन थिंकट्यांकका वरिष्ठ रिसर्च फेलो जेम्स मोर्गनका अनुसार फ्रान्सेली निर्वाचनपछिदक्षिणपन्थी सरकार गठन भएमा त्यसले म्याक्रों प्रशासनलाई चीनप्रति कठोरनीति अपनाउन दबाब दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : १३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने