कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला « Khabarhub

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर परिसरभित्र नवनिर्मित वैवाहिक धर्मशालाको आज उद्घाटन गरेका छन् ।

सप्तरीको हनुमाननगर कङ्लालिनी नगरपालिका–१ भारदहमा रहेको मन्दिर परिसरमा रु एक करोडभन्दा बढी लागतमा निर्मित धर्मशालाको आज मुख्यमन्त्री सिंहले उद्घाटन गरेका हुन् ।

मन्दिर समितिका सदस्य विनोदकुमार रजकले धर्मशाला निर्माणकार्यमा विभिन्न सरकारी निकायको आर्थिक सहयोग रहेको जानकारी दिँदै धर्मशाला हलमा वैवाहिक, बैठक, सेमिनारलगायत करिब तीन सय जनाले एकैपटक सुविधा लिन पाउने व्यवस्था रहेको बताए ।

न्यून शूल्कमा विवाहका लागि आवश्यक सबै सुविधा, बेहुलाबेहुलीका लागि आराम कक्ष, भान्साघर, शौचालयलगायत सुविधा रहेका उनले जानकारी दिए ।

उद्घाटन समारोहमा मधेस प्रदेश सरकारका विनाविभागीय मन्त्री सकिल अलि, हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझी, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १० : २३ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त