अस्ट्रेलियाद्वारा चीनमाथि साइबर आक्रमणको आरोप | Khabarhub Khabarhub

अस्ट्रेलियाद्वारा चीनमाथि साइबर आक्रमणको आरोप


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले चीनमाथि साइबर आक्रमणको आरोप लगाएको छ ।

अस्ट्रेलियाको रक्षा मन्त्रालय र विदेश मन्त्रालयले चीनमाथि आफ्नो मुलुकको कम्युटर सञ्जाललाई लक्षित गरी साइबर हमला गरेको आरोप लगाएका हुन् ।

उक्त हमलामा एपीटी ४० नामक समूह र चीनको राज्य सुरक्षा मन्त्रालयको संलग्नता रहेको अस्ट्रेलियन पक्षको भनाइ छ ।

त्यसअघि छिमेकी न्यूजिल्याण्डले पनि संसदीय कार्यालयमा भएको साइबर आक्रमणमा उक्त ह्याकर समूहको हात रहेको आरोप लगाएको थियो ।

मुलुकको सूचना निर्देशनालायले गरेको सूक्ष्म अध्ययनका आधारमा साइबर हमलामा एटीपी ४० समूहको संलग्नता रहेको निष्कर्ष निकालिएको अस्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको सिड्नी मर्निङ हेराल्ड अखबारले जनाएको छ ।

आफ्ना नागरिक तथा व्यवसायिक संस्थाका साइबरस्पेसको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको त्यहाँका रक्षामन्त्री रिचर्ड मार्लेसले जनाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ०६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’