नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि सामाजिक सञ्जालमा आक्रोश « Khabarhub

नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि सामाजिक सञ्जालमा आक्रोश


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।

सगरमाथा क्षेत्रको भिडियो राख्दै कोहलीले भारतको प्रचारात्मक भिडियो बनाएपछि उनको पोस्टमा नेपालीले आक्रोश पोखेका हुन्।

कोहलीले भारतको प्रचारात्मक भिडियो बनाउँदा सुरुमै नेपालको हिमालको दृश्यलाई राखेर इन्डिया, भारत, हिन्दुस्थान भन्दै भारतको प्रचार गरेका हुन्। उनले प्रकृतिक सुन्दरतासँगै प्रजातन्त्र, क्रिकेट, बलिउड, छिटो विकास भइरहेको अर्थतन्त्रका लागि भारत चर्चित भएको बताएका छन्। यो विषयमा नभएर नेपालीले हिमालको भिडियो राखेकोमा आक्रोश व्यक्त गरेका हुन्

धेरैजनाले उक्त भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै सच्याउन माग पनि गरेका छन्। अनन्या कार्कीले नेपालको सोलुखुम्बुमा रहेको हिमाल भारतको भन्दै देखाएको भन्दै विराटको आलोचना गरेकी छन्। उनले सगरमाथा नेपालको शान भएको भन्दै यसमा विराटले लाज मान्नुपर्ने

उनले सगरमाथा नेपालको शान भएको भन्दै यसमा विराटले लाज मान्नुपर्ने प्रतिक्रिया दिएकी छिन्। भगवान बुद्ध र सीता पनि नेपालमै जन्मिएका तर भारतले आफ्नो देशमा जन्मिएका भन्ने गरेको भन्दै त्यसको पनि खण्डन गरेकी छन्।

यस्तै विकास पौडेलले नेपालको हिमाललाई भारतको भनेर खेलाडीलाई गलत सन्देश
नदिन आग्रह गरेका छन्।

सुशान्तले नेपाल पूर्वी भेगमा रहेको छुलु हिमाललाई भारतको भनेर देखाइएको भन्दै विराटप्रतिको आफ्नो सम्मान हटेको बताएका छन्। उनले आफूलाई थाहा नभएका कुरा सामाजिक संजालमा पोष्ट नगर्न पनि अनुरोध गरेका छन्। अर्जुन देउवाले चेतावनीको शैलीमा छुलु नेपालको भएको भन्दै भारतको भनेर प्रचार नगर्न भनेका छन्।

श्रीधर पौड्यालले भने विराटप्रति आफ्नो सम्मान रहेको तर भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै यो भिडियो बनाउनेको गल्ती भएको बताएका छन्। उनले नेपालको गौरवलाई आफ्नो नभन्न पनि चेतावनी दिएका छन्।

तिलक लामिछानेले विराटलाई आफ्नो देशको भूगोल बारे ज्ञान नभएको भन्दै गाली
गरेका छन्।

विवादित भिडियो

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ३८ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६