अदालतको आदेशलगत्तै न्यूरोडमा फुटपाथ विस्तार थालियो (तस्बिरहरू) « Khabarhub

अदालतको आदेशलगत्तै न्यूरोडमा फुटपाथ विस्तार थालियो (तस्बिरहरू)


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पाटन उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा सडकपेटी (फुटपाथ)  विस्तार अघि बढाएको छ।

महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारलाई महानगरले बुधबार बिहानैदेखि अघि बढाएको हो । 

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो । 

सडकलाई पैदलयात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेपछि विवाद भएको थियो ।

यसपछि काम रोक्नका लागि जेठ १३ गते र १६ गते गरी २ वटा पत्र सडक विभागले महानगरलाई पठाएको थियो ।  

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीबारे गरेको प्रबन्ध अनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइसमेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको हो । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १० : ५४ बजे

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार