बालेनको कविता– ‘सत्यको कुनै एउटा पहिचान हुँदैन’ « Khabarhub

बालेनको कविता– ‘सत्यको कुनै एउटा पहिचान हुँदैन’


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् ।

उनले आज सामाजिक सञ्जालमा कविता राख्दै पछिल्लो समय आफूले गर्दै आएका काम र निर्णयमा अदालतले आफ्नो पक्षमा फैसला दिएकोप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वोच्च अदालतले बाटो खोलिदिएपछि उनका लागि सहज भएको छ भने पाटन उच्च अदालतले न्युरोडको फुटपाथ बढाउने कामलाई नरोक्न आदेश दिएपछि फुटपाथ विस्तारको काम सुरु भएको छ । बालेनको कविता यिनै विषयप्रति लक्षित रहेको बुझ्न सकिन्छ ।

कविता यस्तो छ–
सत्यको कुनै एउटा पहिचान हुँदैन

सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
मिथ्याको जस्तो ठूलो अभिमान ,
कुनै शान हुँदैन,
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर,
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन। नाम हुँदैन।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ०० बजे

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु