अफगानिस्तानमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३० घाइते « Khabarhub

अफगानिस्तानमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३० घाइते


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको जलालावाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण ३५ जनाको मृत्यु भएको छ । साथै २३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ ।

विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई  उद्धार गरी नङ्गरहार केन्द्रीय  तथा  प्रान्तीय अस्पतालमा लगिएको छ ।

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको संकेत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्‍याएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्यांक अझ बढ्न सक्ने बताएको  खामा प्रेसले जनाएको छ ।

प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : १५ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका