वीरगञ्जबाट १५ लाख बढीको भन्सार छलीको सामान बरामद « Khabarhub

वीरगञ्जबाट १५ लाख बढीको भन्सार छलीको सामान बरामद


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज–  वीरगञ्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।

प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी सुरज रिजालको कमान्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अवैध सामान मंगलबार बरामद गरेको छ।

त्यस्तै, विशेष सूचनाको आधारमा डीएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज-१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको  गोदाममा छापा मारेको थियो।

गोदाममा अवैध रुपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ।

संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज-२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले जानकारी दिएका छन्।

झण्डै १५ लाख बराबरको बरामद अवैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ४१ बजे

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा