चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै « Khabarhub

चन्द्रागिरि केवलकारमा अड्किए यात्रु, उद्धारको विकल्प खोजिँदै


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


115.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरि केवलकारमा यात्रु अड्किएका छन् ।

विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरि केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ ।

समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ ।

केवलकारमा यात्रु फसेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको छ । अहिले त्यहाँ उद्धार कोसिस भइरहेको छ ।

कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबलकार तलमाथि गर्ने डोरीलाई घुमाएर यात्रुको उद्धार गर्न लागेका छन् ।

उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ४७ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन