परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई « Khabarhub

परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बुधबार भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेको एकदिनपछि उनले परराष्ट्रमन्त्री राणासँग भेट गरेका हुन् ।

मन्त्री डा. राणा देउवासँग भेट भएको तस्वीर सार्वजनिक गर्दै राजदूत सोङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरेका छन् । 

उनले नेपाल–चीन ७० वर्ष लामो कूटनीतिक सम्बन्ध डा. राणा देउवाको पालामा अझ प्रगाढ हुने विश्वास आफूले राखेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ५३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका