एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता « Khabarhub

एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच-१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ। 

सन् २०१४, १७ जुलाई मा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ-७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो । 

विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो। 

क्यानबेरामा विमान आक्रमणमा मृत्यु भएकाको सम्झनामा आयोजित स्मारक समारोहमा विदेशमन्त्री पेनी वोङले शोकाकुल आफन्तहरूलाई भने, ‘रुसलाई जवाफदेही बनाउने प्रतिबद्धतामा अष्ट्रेलिया विचलित हुने छैन ।’

अस्ट्रेलिया र नेदरल्यान्ड्सको संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा रुसविरुद्ध मुद्दा चलिरहेको छ। 

रुसले घटनामा कुनै पनि संलग्नता अस्वीकार गरेको छ । विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाको लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गरे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ५२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४