नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार   « Khabarhub

नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार  


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ । 

आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । 

आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२.४१ अंकले बढेर ११ हजार ८००.४४ विन्दुमा पुगेको छ ।

त्यस्तै, होटल एण्ड टुरिजम ३२०.२७ अंकले बढेर ६०८१.९० विन्दुमा, जीवन बीमा २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ विन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ विन्दुमा र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

आज ६ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : २२ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा