आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने « Khabarhub

आठबिसकोटका बाढी प्रभावितलाई तत्काल राहत व्यवस्थापन गरिने


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आठबिसकोट नगरपालिकाका बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने बताएका छन् ।

आठबिसकोट– ११ र १२ का बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पछि स्थानीयसँग छलफल गर्दै बाढी प्रभावितलाई तत्काल राहतको व्यवस्थापन गरिने उल्लेख गरे ।

सोमबार राति आठबिसकोट-११ को सिमबजार र वडा नं १२ को झिनचौरमा आएको बाढीले मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको थियो ।

प्रभावित स्थानको अवलोकन गर्नुका साथै बाढीमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रीका प्रमुख स्वकीय सचिव सुन्दर शर्माले बताए। 

बाढीले निम्त्याएको घटनाको विस्तृत अध्ययन, उद्धार, राहत तथा व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै तत्काल सरकारले राहतको व्यवस्थापन गर्ने मन्त्री केसीले प्रतिबद्धता जनाए । साथै घाइते भएकाहरूको उपचारमा सरकारले सहयोग गर्ने उनले बताए । मनसुनजन्य विपद्बाट सुरक्षित रहन सर्तकता अपनाउन पनि उनले जिल्लावासीलाई आग्रह गरे।

सोमबार राति गिजागार खोलामा आएको बाढीले खोला किनारमा अस्थायी आवासमा बसोबास गर्ने दश वर्षीया हितमाया पुन, आठ वर्षीया धनुषा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बाढीले बगाउँदा सोही ठाउँका ३८ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बाढीका कारण नौ जना घाइते भएका छन्भने दर्जनबढी घर क्षति भएका छन् । साथै सडक, विद्युत्, खानेपानीका पाइपमा क्षति पुग्दा स्थानीयलाई समस्या भएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ४४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा