अड्किएका सबै यात्रुलाई निकालियो, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू | Khabarhub Khabarhub

अड्किएका सबै यात्रुलाई निकालियो, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि रोकिएको चन्द्रागिरि केवलकार करिब दुई घण्टापछि सञ्चालनमा आएको छ ।

विद्युत् अवरुद्ध हुँदा केवलकारका ८ वटा डब्बामा करिब ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि अड्किएका थिए ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएको थियो ।

तर कम्पनीले जेनेरेटर पनि चलाउन नसकेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो ।

समयमा जेनेरेटर चलाउन नसकिएपछि केवलकारको डिब्बामा अड्किएका यात्रुलाई झार्न थानकोट बृत्तको प्रहरी पनि पुगेको थियो ।

यात्रुको उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरि गएको थियो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सशस्त्रको टोलीसमेत गएर केवलकारमा अड्किएका यात्रुलाई लठ्ठा तानेर झार्न सघाएको बताए ।

जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन् ।

८ वटा डब्बामा अड्किएका सबै यात्रुलाई बुधबार दिउँसो पौने ४ बजे सकुशल झारिएको हो । त्यसपछि केवलकार सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : २२ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा