अड्किएका सबै यात्रुलाई निकालियो, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू « Khabarhub

अड्किएका सबै यात्रुलाई निकालियो, दुई घण्टापछि चन्द्रागिरि केवलकार सुचारू


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्युत् अवरूद्ध भएपछि रोकिएको चन्द्रागिरि केवलकार करिब दुई घण्टापछि सञ्चालनमा आएको छ ।

विद्युत् अवरुद्ध हुँदा केवलकारका ८ वटा डब्बामा करिब ७५ जना यात्रु दिउँसो साढे १ बजेदेखि अड्किएका थिए ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकालाई झार्न कम्पनीले जेनेरेटर चलाउन खोजिएको थियो ।

तर कम्पनीले जेनेरेटर पनि चलाउन नसकेपछि प्रहरीको सहयोगमा हातैले केवलकारका डोरी तानेर तत्लो स्टेशनमा झारिएको हो ।

समयमा जेनेरेटर चलाउन नसकिएपछि केवलकारको डिब्बामा अड्किएका यात्रुलाई झार्न थानकोट बृत्तको प्रहरी पनि पुगेको थियो ।

यात्रुको उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरि गएको थियो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले सशस्त्रको टोलीसमेत गएर केवलकारमा अड्किएका यात्रुलाई लठ्ठा तानेर झार्न सघाएको बताए ।

जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झारेपछि ८ वटा डब्बामा अड्किएका यात्रु सकुशल तल्लो स्टेशन झरेका छन् ।

८ वटा डब्बामा अड्किएका सबै यात्रुलाई बुधबार दिउँसो पौने ४ बजे सकुशल झारिएको हो । त्यसपछि केवलकार सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : २२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका