बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि… « Khabarhub

बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि…


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.5k
Shares
  • change font
  • change font
  • change font

पटना- मुस्लिम धर्मालम्बीहरूले मान्ने पहिलो महिना अर्थात मुहर्रमको अवसरमा आयोजित जुलुसमा प्यालेस्टाइनको झन्डा फहराइएपछि विवाद भएको छ।

भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा मुहर्रमका अवसरमा आयोजित र्‍यालीका क्रममा प्यालेस्टाइनको झन्डा फहराइएको हो ।

उक्त प्रकरणलाई लिएर विवाद बढ्दै गएपछि प्रहरीले एकजना व्यक्तिलाई गिरफ्तार गरेको छ ।

पूर्वी चम्पारणका पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएअनुसार मुहर्रमको जुलुसमा प्यालेस्टाइनको झन्डा फहराएको र हुलदंगा गरेको आरोपमा ती व्यक्तिलाई गिरफ्ता गरिएको छ ।

यह घटना पूर्वी चम्पारण जिल्लाकमो महेसी थाना इलाका भउको हो । पुलिसले पक्राउ परेका ती व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।

मुहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । यो वर्षको चार पवित्र महिनामध्ये एक पर्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ३७ बजे

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।