प्रहरीलाई गृहमन्त्रीको निर्देशन- विपद्‍मा जनताले सम्झिन्छन्, उच्च मनोबल बनाउनू « Khabarhub

प्रहरीलाई गृहमन्त्रीको निर्देशन- विपद्‍मा जनताले सम्झिन्छन्, उच्च मनोबल बनाउनू


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि सम्बोधन गर्दै उनले संविधान र कानुनका कुरा कार्यान्वयनमा प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताए ।

‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’ उनले भने, ‘ती आफैं परिचालित र क्रियाशील हुने होइनन् ।’

उनले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन रहेको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन । नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन । लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासन पनि एउटा मान्यता हो,’ लेखकले भने ।

निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए ।

‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरन प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ’, गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँ ।’

गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनले बताए ।

‘नेपाल प्रहरी इतिहास बोकेको एक गर्व गर्नलायक संस्था हो । कानुनी व्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका छ,’उनले थपे ।

गृहमन्त्री लेखकले सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको बताए । प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक रहेको उनले बताए ।

उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिए ।

कानुनबमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित् दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनले बताए ।

‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको छ । त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुः ख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईंहरूलाई सम्झिन्छ,’– उनले भने ।

उक्त अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर उपस्थित थिए ।

मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको निरीक्षण गरे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ४ : ५३ बजे

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

भारतको एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

गोवा – भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३

एनपीएलः लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो

कोरला सडकमा १३ पुल निर्माण

मुस्ताङ – उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन