प्रभु बैंक र एवन ग्रेटर नेपालबीच सहकार्य  « Khabarhub

प्रभु बैंक र एवन ग्रेटर नेपालबीच सहकार्य 


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । अब ट्याक्सी व्यवसायीले बैंक खाताबाट रकम झिक्न र आफ्नो खाताको जानकारी मोबाइल एप्लिकेशनबाटै लिन सक्ने भएका हुन् ।

विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन उक्त सम्झौता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटर नेपालबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकको क्यु आरमार्फत भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ५ : ४२ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित