प्रभु बैंक र एवन ग्रेटर नेपालबीच सहकार्य  « Khabarhub

प्रभु बैंक र एवन ग्रेटर नेपालबीच सहकार्य 


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । अब ट्याक्सी व्यवसायीले बैंक खाताबाट रकम झिक्न र आफ्नो खाताको जानकारी मोबाइल एप्लिकेशनबाटै लिन सक्ने भएका हुन् ।

विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन उक्त सम्झौता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बुधबार बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर र एवन ग्रेटर नेपालबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकको क्यु आरमार्फत भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ५ : ४२ बजे

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन