झापा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाले गुमाए ज्यान « Khabarhub

झापा सवारी दुर्घटना : एक वर्षमा ८७ जनाले गुमाए ज्यान


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । 

सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् ।

सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीपरकार, ३१ ट्रयाक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९-८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ ।

आव २०७९-८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताए।

जिल्लामा गत आव २०८०-८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारिसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व संकलन भएको छ । 

संघीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताए। 

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व संकन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा रु एक करोड सात लाख २७ हजार राजस्व संकलन भएको थियो । 

जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पद्धार्थ सेवन ९मापसे० गरेर सवारिसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताए । गतवर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारीसाधनलाई करबाही गरिएको थियो । पदार्थ

सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिए। यसैगरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उनले बताए।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ५ : ४४ बजे

३० भन्दा बढी जेनजी समूहद्वारा संयुक्त जेनजी आन्दोलन घोषणा

काठमाडौं – जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु