काठमाडौं– आज नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढीको भयो कारोबार । आर्थिक वर्षको अन्तिम महिनामा भने घट्यो घरजग्गाको कारोबार । गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालका ठूला उद्योगमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता न्यून रह्यो ।
आजका प्रमुख आर्थिक समाचार
नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब बढी कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ ।
आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ ।
आज ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा २०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आर्थिक वर्षको अन्तिम महिनामा घट्यो घरजग्गा कारोबार
आर्थिक वर्ष ०८०र८१ को अन्तिम महिनामा घरजग्गा कारोबार घट्न पुगेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको जेठ महिनाको तुलनामा असार महिनामा नेपालमा घरजग्गा कारोबारमा कमी आएको हो ।
गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा ४६ हजार १७९ वटा लिखत पारित भएको छ । जुन पारित सङ्ख्या जेठ महिनाको तुलनामा १५ हजारले कमी हो ।
जबकि सोही आवको जेठ महिनामा ६१ हजार १६१ वटा घरजग्गा र ३० वटा अपार्टमेन्टको लिखत पारित भएको थियो । त्यस्तै असार महिनामा ४६ सय ५० वटा नामसारी र ७१ वटा अपार्टमेन्टको लिखत पारित भएको छ ।
असार महिनामा भएको घरजग्गाको कारोबारबाट सरकारले १ अर्ब ७२ करोड ४७ दुई सय २४ रुपैयाँ पुँजीगत लाभकर आर्जन गरेको छ भने रजिष्ट्रेसन दस्तुरबापत २ अर्ब ९५ करोड ५३ लाख १२ हजार ३४९ रुपैयाँ रकम संकलन गरेको छ ।
ठूला उद्योगमा आएन प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता
गत आर्थिक वर्ष २०८०र०८१ मा नेपालका ठूला उद्योगमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता न्यून रह्यो । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ठूला उद्योगमा भन्दा साना उद्योगमा विदेशी लगानीकर्ताले चासो देखाएको पाइएको छ ।
एक वर्ष अवधिमा ६ वटा ठूला उद्योगमा मात्र वैदेशिक लगानी प्रतिबद्धता आएको छ । नेपालको हकमा ५० करोड रुपैयाँभन्दा बढी पुँजी भएको उद्योगलाई ठूला उद्योगमा गणना गरिन्छ । तर विभागले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा विदेशीले ठूला उद्योगमा भन्दा साना उद्योगमा बढी लगानी प्रतिबद्धता गरेको देखिएको हो ।
गत आवमा ३८६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठूला उद्योगमा भने ६ वटा मात्र लगानी प्रतिबद्धता आएको छ । मझौला उद्योगमा पनि विदेशी लगानी प्रतिबद्धता त्यति धेरै आएको छैन ।
गत आवमा मझौला उद्योगमा १५ वटा लगानी प्रतिबद्धता आएको छ । लगानीकर्ताहरूले साना, मझौला र ठूला गरेर ४०७ वटा उद्योगमा कुल ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागले ती उद्योगमा २२ हजार ९४ जना व्यक्तिले रोजगारी पाउने जनाएको छ ।
खानेपानी मन्त्री यादव र एडीबीका कन्ट्री डाइरेक्टरबीच भेट
खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए ।
सोही भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरूको बारेमा छलफल भएको थियो ।
भेटवार्ताकै क्रममा अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए । यसैगरी अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने अपेक्षा गरेको जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षति गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिवर्तन गरी पानी वितरण सहज गर्ने कार्यका लागि आफूहरूले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए ।
७५ प्रतिशत अण्डा उत्पादक विस्थापित
अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।
बैंकमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उनले भने, ‘जसको कुखुरा बाँकी छ, उहाँहरूले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।’
अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उनले बताए । केही महिनाअघि विज्ञहरूले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य १६ रहेको छ ।
भारतीय राजदूतले भेटे ऊर्जामन्त्री खड्कालाई, ऊर्जा सहकार्यबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताए। उनले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पुर्याइएकोमा राजदूतलाई धन्यवाद दिए।
भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याएको बताए। उनले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाए।
नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरी पहिलो पटक यहाँ उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच यही जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणसमेत दिए ।
ललितपुर महानगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०र८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व संकलन भएको हो ।
‘सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड राजस्व संकलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्यांकअनुसार दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व संकलन भइसकेको देखिएको छ, राजस्व संकलनको तथ्यांक अद्यावधिक भइरहेको र अन्तिम तथ्यांक आईसकेको छैन,’ थापाले भने ।
त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए।
‘गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार तीन अर्ब २५ करोड आठ लाख ८८ हजार खर्च भएको छ,’ धिमालले भने।
१३२ केभी बुर्तिबाङ ‘सवस्टेशन’ अन्तिम चरणमा
बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो । गत असार पहिलो साता नै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो ।
पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो ।
वीरगञ्जबाट १५ लाख बढीको भन्सार छलीको सामान बरामद
वीरगञ्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।
प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी सुरज रिजालको कमान्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अवैध सामान मंगलबार बरामद गरेको छ।
त्यस्तै, विशेष सूचनाको आधारमा डीएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज(१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको गोदाममा छापा मारेको थियो।
गोदाममा अवैध रूपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ।
संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज(२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डीएसपी सुरज रिजालले जानकारी दिएका छन् । झण्डै १५ लाख बराबरको बरामद अवैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ ।
रसुवाको राजस्व २० अर्ब ३६ करोड
जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल(चीनबीचको व्यापार९व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको बताए ।
यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्धि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।
कोरला नाकामा एकीकृत भवन निर्माण
गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ ।
गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजारको लागतमा एकीकृत भवन निर्माण गरिएको हो ।
सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि९फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव(इञ्जिनीयर कमल पहारीले जानकारी दिए ।
कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो ।
नेपालगन्ज भन्सारमा लक्ष्यको ६३ प्रतिशत राजस्व असुली
नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ ।
आर्थिक वर्ष २०८०र८१ मा नेपालगन्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड राजस्व संकलनको लक्ष्य रहेकामा १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए।
अघिल्लो आवभन्दा गत आवमा करिब चार करोड कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९र८० मा भन्सार लक्ष्य २९ अर्ब ३२ करोड रहेकामा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व संकलन भएको थियो ।
चिनी आयात रोकिएपछि नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०र८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९९८० मा चिनी आयातबाट मात्रै करिब ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो ।
कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकोमा एक अर्ब ४१ करोड ४० लाख ९८ हजार संकलन गरेको थियो । भदौ महिनामा दुई अर्ब २२ करोड १४ लाख ५८ हजार संकलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ४५ करोड ११ लाख ८० हजार असुली भएको थियो ।
प्रतिक्रिया