प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या | Khabarhub Khabarhub

प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उच्च अदालत विराटनगरले प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ । 

बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तक्र्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फछ्र्र्यौटमा समस्या भएको बताएका छन् ।

उनले १२ जना न्यायाधीशको दरबन्दी भएपनि ९ जना मात्र न्यायाधीश हुँदा ४ वटा मात्र बेन्च बस्ने गरेकोले पर्याप्त मुद्दाको फछर्यौट गर्न नसकिएको गुनासो गरे  ।

पछिल्लो समय एउटा जिल्ला समेत थपिएको र मुद्दाको चाप बढेको हुनाले दरबन्दी अनुसार न्यायाधीश पठाउन उनले आग्रह गरे ।

उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा नयाँ र पुराना गरी ७ हजार ४ सय ३७ वटा मुद्दा दर्ता भएकोमा ३ हजार २ सय ५४ वटा मुद्दा फछर्यौट गरेको जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ३४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार