प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या « Khabarhub

प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत विराटनगरले प्रयाप्त दरबन्दी नहुँदा मुद्दा फछर्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ । 

बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तक्र्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फछ्र्र्यौटमा समस्या भएको बताएका छन् ।

उनले १२ जना न्यायाधीशको दरबन्दी भएपनि ९ जना मात्र न्यायाधीश हुँदा ४ वटा मात्र बेन्च बस्ने गरेकोले पर्याप्त मुद्दाको फछर्यौट गर्न नसकिएको गुनासो गरे  ।

पछिल्लो समय एउटा जिल्ला समेत थपिएको र मुद्दाको चाप बढेको हुनाले दरबन्दी अनुसार न्यायाधीश पठाउन उनले आग्रह गरे ।

उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा नयाँ र पुराना गरी ७ हजार ४ सय ३७ वटा मुद्दा दर्ता भएकोमा ३ हजार २ सय ५४ वटा मुद्दा फछर्यौट गरेको जनाएको छ । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ३४ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्