दुईतिहाइ जुटाउने ओलीको कसरत, साना दललाई फकाउँदै | Khabarhub Khabarhub

दुईतिहाइ जुटाउने ओलीको कसरत, साना दललाई फकाउँदै


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आइतबार विश्वासको लिने निर्णयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरूसँग संवाद अघि बढाएका छन् ।

आइतबार संसद्मा विश्वासको मत लिनेगरि संसद् सचिवालयसँग परामर्श गरिरहेका ओलीले दुईतिहाइ समर्थन जुटाउन समर्थन जनाइनसकेका दलसँग संवाद बढाएका हुन् ।

ओलीले विश्वासको मतका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्ने भएका छन् ।

त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि विश्वासमा लिने गरी उनले छलफल गर्दैछन् । एमालेसमेतको समर्थनमा जनमतले मधेश सरकारको नेतृत्व गरिरहेको छ ।

अशोक राईको जसपा, उपेन्द्रको जसपा नेपाल र सीकेको जनमतले ओलीलाई विश्वासको मत दिने सम्भावना बलियो छ । अशोक राई र सीके राउत ओलीसँग सकारात्मक छन् । उता यादव भने वैशाख २३ गते आफ्नो दल फुटाइदिएकोमा रुष्ट छन् । आफूसँग रुष्ट यादवलाई पनि फकाएर विश्वासको मतमा समर्थन जुटाउने योजना ओलीको छ ।

ओली नेतृत्वको मन्त्रिपरिषद्मा अशोक राईको जसपमा मात्रै समेटिएको छ । यादव र राउतको दल अटाएका छैनन् । राउतको दलले मधेशमा नेतृत्व गरेकाले केन्द्रमा नभए पनि समस्या नहुने बताइसकेको छ । यस्तोमा ओलीसामु अब यादवलाई रिझाउने चुनौती छ ।

उपेन्द्र यादव मंगलबार बसेको माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको बैठकमा सहभागी भएनन् । उनी असार २८ मा सत्ताबाट बाहिरिएका पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट छन् ।

प्रधानमन्त्री हुँदा दाहालले आफ्नो दल विभाजन गरिदिएको गुनासो गर्दै आएका यादव विपक्षतिर तत्कालै जाने सम्भावना कम छ । ओलीलाई विश्वासको मत दिने पक्षमा पनि उनी देखिएका छैनन् । त्यहीकारण ओलीले उनीसँग संवाद गर्ने योजना बनाएका हुन् । तर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि दिईहाल्ने उनको कुनै योजना नभएको उनीनिकट नेताहरुको दाबी छ ।

प्रधानमन्त्री ओली अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफलमा छन् । राप्रपाले संविधान संशोधन र संघीय संरचनाबारे पुनर्विचार गर्ने कांग्रेस-एमालेको एजेन्डाका आधारमा समर्थन जनाउने संकेत गरेको छ । तर अहिलेसम्म राप्रपा अनिर्णित अवस्थामा छ ।

तर ओलीसँग संविधान संशोधनमा सहकार्य गर्ने योजनासहित राप्रपा पनि उनलाई विश्वासको मत दिएर अघि बढ्ने तयारीमा छ ।

यसैबीच संसद्मा सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले विश्वासको मतको पक्षमा समर्थन जुटाउन प्रधानमन्त्री ओलीले अन्य दलहरूसँग पनि छलफल गरिरहेको बताएका छन् ।

उनले अन्य राजनीतिक दलहरूले पनि विकास, समृद्धि र सुशासनका लागि वर्तमान सरकारलाई सहयोग गर्ने विश्वास जनाए ।

बर्तौलाले संविधानको आत्मा र व्यवस्थाको मूल मुटुको रुपमा रहेका पक्षहरूलाई जीवन्त राख्न काम गर्ने भन्दै यसविपरीत कोही पनि जान नसक्ने बताए ।

प्रतिपक्षीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिका साथ संविधान संशोधन प्रयास हुने बताउँदै बर्तौलाले त्यहीकारण अहिले प्रधानमन्त्री ओली विपक्षी र साना दलसँग संवादमा रहेको उल्लेख गरे ।

एमालेका ७८ सिट रहेका ओलीले कांग्रेसका ८८ सांसदको मात्रै साथ पाउँदा सरकारको समर्थनमा १६६ सिट पुग्छ । जुन सुविधाजनक बहुमतसहित करिब दुईतिहाइनजिक हो । यसमा दुई साना दलको ११ सिट थपिँदा ओली सरकारसँग १७७ सांसदको समर्थन सुनिश्चित हुनेछ ।

सोमबार सरकारमा समेटिएका एमाले, कांग्रेस, लोसपा र जसपासहित चार दलको कुल सांसद संख्या १७७ छ । यो दुईतिहाइ बहुमतभन्दा ७ सिट कम हो । अब उनले उपेन्द्रको जसपा नेपाल, सीके राउतको जनमत र नागरिक उन्मुक्तिको समर्थन जुटाए भने सजिलै दुईतिहाइ पुग्छ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले असार ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ६ : ५२ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान