झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता « Khabarhub

झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२–८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३७३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २७० वटा मुद्दा फर्स्योट भइसकेका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा छन् ।

उक्त घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

‘प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन् । फरार अभियुक्तहरूको खोजीलाई पनि तीव्र बनाइएको छ’, प्रहरी नायब उपरीक्षक अवालेले भने ।

प्रहरीका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये २२० वटा फर्स्योट भएका छन् भने ७४ वटा मुद्दा बाँकी छन् । यस्तै ठगीका ६५ वटा मुद्दामध्ये ४० वटा फर्स्योट भएका छन् भने २५ वटा अनुसन्धानकै क्रममा छन् ।

त्यसैगरी, आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा दर्ता भएकामा आठवटा फर्स्योट भएका छन् भने चारवटा बाँकी छन् । वेटिङसम्बन्धी दुईवटा मुद्दा दर्ता भएकामा दुवै फर्स्योट भएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय बैंक खाता, ओटिपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी बैंकिङ ठगी, अनलाइन किनमेल, चिठ्ठा परेको, घरबाटै काम गरेर आम्दानी हुनेजस्ता प्रलोभन देखाएर हुने ठगीका घटना बढिरहेका छन् ।

अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न र छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १० : ४७ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र