सिमलताल दुर्घटना : गृहमन्त्रालयको अध्ययन कार्यदल काम थाल्यो « Khabarhub

सिमलताल दुर्घटना : गृहमन्त्रालयको अध्ययन कार्यदल काम थाल्यो


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन – गृह मन्त्रालयका सहसचिव छबि रिजाल नेतृत्वमा गठित समितिले बुधबार चितवनको सिमलताल घटनास्थलको स्थलगत अध्ययन गरेको छ ।

असार २८ गते बिहान करिव ३ बजेको समयमा मुग्लिन – नारायणगढ सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिन्दुरे खोल्सीबाट बग्दै आएको गेग्यान सहितको पहिरोले यात्रु र यातायात मजदुर सहित दुइवटा बस त्रिशूली नदीमा बेपत्ता बनाएको र सो विषयमा अध्ययन गर्न असार ३१ गते गृहमन्त्री स्तरिय बैठकले समिति बनाएको थियो ।

१० दिनभीत्र सुझाव सहित प्रतिवेदन पेश गर्नेगरी बनाइएको समितिले काम थालेको हो । समितिका संयोजक छबि रिजाल सहितको टोलीले घटनास्थल पुगेर पहाडमा पहिरोको उद्गम स्थलदेखि त्रिशूली नदिसम्मको भौगोलिक अवस्थाको अध्ययन गरेकोछ ।

समितिले स्थानीयबासीहरु जंगबहादुर मगर, ललित गुरुङ्ग, वडा नम्बर २९ का अध्यक्ष अध्यक्ष सूर्य दोङ बसमा सबार बेपत्ता परिवारका आफन्त, एन्जल डिलक्सका धनी राजेश केसी, गणपति डिलक्सका धनी दिनेश जैसवाल लगायतकासंग कुराकानी गरेकोछ । त्यस्तै घटनामा परेका गणपति डिलक्स बसका बाँच्न सफल यात्रु नन्दन दासलाई भरतपुरस्थित सिएमसि अस्पतालमै भेटेर कुराकानी गरेकोछ ।

स्थलगत अध्ययनपछि चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सर्वपक्षिय छलफल समेत गरिएकोछ । छलफलमा भरतपुरमहानगर प्रमुख रेणु दाहाल, जिल्लास्थित सबै राजनीतिक दलका नेताहरु, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, जनपद तथा शसस्त्र प्रहरीका प्रतिनिधिहरु, सञ्चारकर्मी र बेपत्ता परिवारका आफन्तहरु सहभागी रहेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : २५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र