आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ ।

प्रान्तमा आतंकवादी आक्रमणका घटना बढ्न थालेको भन्दै स्वाबी शहरमा पश्तुन तहफुज मुभमेन्टले प्रदर्शन गरेको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुभमेन्टका नेता लियाकत युसुफजाईको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले आतंकवादका घटना न्यूनीकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

पछिल्लो समय खैबर पख्तुनख्वा प्रान्तमा तहरिक ए तालिबान पाकिस्तानका गतिविधि बढ्दै गएको बताइन्छ । यसबाट सो क्षेत्रका नागरिकहरु त्रसित बनेको डनले जनाएको छ । सो क्षेत्रमा तालिबानका नाममा भित्तेलेखनका घटना पनि बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : १९ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु