पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव | Khabarhub Khabarhub

पशुपतिको कोटिहोमको अन्तिम दिन तनाव


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक महिनादेखि पशुपतिनाथ परिसरमा ‘कोटिहोम’ का नाममा सञ्चालित धार्मिक कार्यक्रमको समापनमा तनाव भएको छ।

साउन ३२ गते कार्यक्रम समापन हुँदै गर्दा सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबिच झडप भएको हो। कोटिहोम विवादित भएका खबर सार्वजनिक भएपछि सोधपुछका लागि पुगेका प्रहरीमाथि आयोजक विजय भण्डारीका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको हो।

कार्यक्रम आयोजक भण्डारीसँग सोधपुछ गर्न सादा पोशाकका प्रहरी घटनास्थलमा पुगेका थिए। तर, त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका हुन्।
कोटिहोममा विवाद मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोधपुछ गरे लगत्तै आयोजक विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन्।

एक महिनादेखि सञ्चालन भएको कोटीहोम साउन ३२ गते समापन भएको हो।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : ४६ बजे

देशभर ९१ प्रतिशत धान रोपाइँ

काठमाडौं – देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु

पाँचथर – पाँचथरमा आर्थिक वर्ष २०८१/८२ मा लडेर २५ जनाको

थाइ राजपरिवारको संगतले कमला बनिन् ब्यूटिसियन

काठमाडौं – कमला श्रेष्ठ नेपालको ब्यूटी क्षेत्रमा क्रान्ति ल्याउने अग्रणी

बत्तीमा झल्किएको मत्या पर्व- दिवंगत आत्माको स्मरण

काठमाडौं – मत्यास्पर्व पाटनका नेवार समुदायको एक अनौठो र मनमोहक

विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको