उज्यालो पर्खिरहेको बागलुङको निसेलढोर « Khabarhub

उज्यालो पर्खिरहेको बागलुङको निसेलढोर


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

विद्युतको सुविधा नहुँदा स्थानीय दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो ।

पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् ।

असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरुले उज्यालो खोजीरहेका छन् ।

ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युतलगायतका सुविधा नपुग्दा ओझेलमा छ ।

पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताए ।

अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको उनको भनाइ छ । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको तर बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उनले बताए ।

स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताए । बजारमा मट्टीतेल पाइन छोडेको उनको भनाइ छ ।

निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताए ।

ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उनले बताए । गत वर्ष विद्युत केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगरको भनाइ छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : १३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको