जनताले कांग्रेस-एमालेलाई ‘काले-काले मिलेर खाउँ भाले’ भन्ने बुझेका छन् : प्रचण्ड « Khabarhub

जनताले कांग्रेस-एमालेलाई ‘काले-काले मिलेर खाउँ भाले’ भन्ने बुझेका छन् : प्रचण्ड


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।

शनिबार  पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

‘पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,’ उनले भने ।

अध्यक्ष प्रचण्डले भने, ‘संसद्‌मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्‍यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाउँ भाले भयो । जनताले पनि त्यहीँ ढंगले बुझेका छन् ।’

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जाने बताए । उनले भने–’पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो। कतिपय कमरेडहरू त झण्डै दुई घण्टा नै बोल्नुभयो।’

स्थायी समितिको बैठकमा छलफलको क्रममा नेता जनार्दन शर्माले अरूले मुखले मत राखे जस्तै आफूले लिखित रूपमा राखेको तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको बताए । 

स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राखेको दस्ताबेज फरक मत नभएको उल्लेख गर्दै उनले भने , ‘प्रभाकरजीले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भनेका छन् । उनले फरक मत भन्नुभएको छैन । बिहान मात्रै पनि उहाँ मेरोमा आउनुभएको थियो । उनले त्यो भन्नुभएको छ । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।’

पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउँदै उनले थपे –’पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिति बैठकमा आउँदा त्यो क्लियर भएको छ । त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ।’

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १२ : ५५ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा