थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि, दुई पोखरी उच्च जोखिममा (तस्बिरसहित) « Khabarhub

थामे बाढीमा हिमपोखरी फुटेको पुष्टि, दुई पोखरी उच्च जोखिममा (तस्बिरसहित)


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिका-५ मा पर्ने थामे खोलामा शुक्रबार चलेको बाढीमा हिमपोखरी नै फुटेको पाइएको छ ।

टासी लाप्चा क्षेत्रमा रहेका प्रमुख ५ मध्ये हिजोको बाढीमा २ वटा हिमपोखरी फुटेको थुलुङ दूधकोशी गाउँपालिका-७ का वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिएका हुन्‌ ।

रक्षामन्त्री मानवीर राईसहित खुम्बु क्षेत्रको थामे पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि हेलिकोप्टरबाट खिचिएको जलाधार क्षेत्रको केही फोटो उपलब्ध गराएको छ । सो फोटोमा बाढीले २ वटा हिमपोखरी सोहरेको र अन्य २ हिमपोखरी उच्च जोखिममा रहेको देखिएको छ ।

तस्बिर विश्लेषण गर्दा बाढी आउनुअघि हिमपोखरीको जलसतहको घेरा र बाढी आएपछि घटेको पानीको सतह स्पष्ट देखिन्छ । सो बाढी हिमपोखरी फुटेर मात्रै आयो या त्यो भन्दा माथिल्लो क्याचमेन्ट एरिया (जलाधार क्षेत्र) बाटै बाढी शुरू भयो एकीन जानकारी सरकारी अधिकारीहरूले हालसम्म दिएका छैनन्‌ ।

भूगर्भविद्‌हरूले तापक्रम र वर्षाका कारण हिउँ तीव्र गतिमा पग्लिएर पर्माफ्रोस्ट (बालुवा र हिउँ मिसिएर वर्षौंदेखि शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा जमेको जमिन) नै बगाउँदा बाढी उत्पन्न भएको र सो बाढीले टासी लाप्चामा रहेका केही हिमपोखरीलाई पनि सोहरेको पूर्वानुमान गरेका थिए । उपलब्ध तस्बिर विश्लेषण गर्दा भूगर्भविद्‌हरूको आकलन सटिक रहेको पुष्टि भएको छ ।


थामेमा आएको बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

थामे गुम्बातर्फको तटीय बस्तीको जलाधार क्षेत्र ६,९३८ मिटर अग्लो तेङ्गी रागी तउदेखि टासी लाप्चा हुँदै कोङ्दे रि सम्म पर्छ । थामेको माथिल्लो क्षेत्रमा केही ग्लेसियर ड्याम ९पहिले नै हिमपहिरो झरेपछि बनेको बाँध० बाट बनेका तालहरू छन् ।

यो पनि-

‘र्‍यापिड मेल्टिङ’ले निम्त्यायो थामेमा विनाश, बाढीले ताल नै बगाएको अनुमान

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  १ : ३७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी