साफ यू-२० च्याम्पियनसिप आइतबारदेखि काठमाडौंमा « Khabarhub

साफ यू-२० च्याम्पियनसिप आइतबारदेखि काठमाडौंमा


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– साफ यू २० च्याम्पियनसिप आइतबारबाट काठमाडौंमा सुरु हुँदै छ ।

एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार आइतबारबाट सुरु हुने च्याम्पियनसिप भाद्र १२ सम्म चल्नेछ । साफ यू २० च्याम्पियनसिपमा नेपालका साथै बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान सहभागी छन् ।

च्याम्पियनसिपमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा पनि आफ्नो पक्षमा पार्ने जनाएको छ । च्याम्पियनसिप अघि शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले प्रशिक्षण राम्रो भएको र मैत्रीपूर्ण खेलहरूमा पनि राम्रो नतिजा आएकाले उच्च मनोबलका साथ मैदान उत्रने बताए । साफ यू २० च्याम्पियनसिपको दबाबलाई सामना गर्न आफूहरू तयार रहेको उनले बताए ।

त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीले राम्रो खेल देखाउने बताए । उनले दशरथ रङ्गशालामा खेल हुन सकेको भए दर्शकको सङ्ख्या धेरै हुने र थप मनोबल उच्च हुने भएपनि एन्फा कम्प्लेक्समा पनि दर्शकको कमी नहुने विश्वास व्यक्त गरे ।

नेपालले उद्‌घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलङ्का रहेको समूह ‘ए’ मा बङ्गलादेश पनि छ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन् । खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  २ : ३२ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत