माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : अध्यक्ष प्रचण्ड « Khabarhub

माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : अध्यक्ष प्रचण्ड


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन् ।

पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे ।

आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको  बहसले झनै एकताबद्ध बनाएको उनले बताए । 

अध्यक्ष दाहालले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राखेको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए। उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए। पार्टीमा बहस गर्न आफू सँधै क्रियाशील रहिरहने  तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनको भनाइ थियो । उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राखे । 

पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकोमा असनतुष्टी व्यक्त गर्दै उनले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गरे । 

नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो ।’

सो अवसरमा अध्यक्ष दाहालले सम्पर्क समितिमा रहेर जनताको सेवामा क्रियाशील तथा समितिलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले रुकुम सधैं क्रान्ति र नेतृत्वको पक्षमा उभिँदै आएको बताए ।

उनले अझै जनताका सपना पूरा नभएको एवम् समाजवादी क्रान्तिका लागि पार्टी फेरि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

नेता शर्माले पार्टीलाई सुदृढ बनाउन गम्भीर समीक्षा गर्नुपर्ने, पार्टीभित्र बढ्दै गएको मतभेद कम गर्न आत्मसमीक्षा गर्नुपर्ने एवम् सिंगो मुलुक माओवादीको एजेण्डामा अघि बढिरहँदा पनि माओवादी कमजोर हुनुमा सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ५ : ३५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी