सुमन, भरत र कैलाशको ‘अब हाँस्छ युरोप’ यात्रा अगस्ट ३१ बाट | Khabarhub Khabarhub

सुमन, भरत र कैलाशको ‘अब हाँस्छ युरोप’ यात्रा अगस्ट ३१ बाट


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कमेडियन सुमन कार्की, भरतमणि पौडेल र कैलाश कार्कीले युरोपका एक दर्जन शहरमा प्रस्तुती दिने भएका छन् । 

मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्ले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रम ‘अब हाँस्छ युरोप’ मार्फत उनीहरूले युरोपका विभिन्न देशमा प्रस्तुती दिने भएका हुन् । 

उनीहरुको युरोप यात्रा अगस्ट ३१ देखि पोल्यान्डबाट सुरु सुनेछ । उनलेहरुले पोल्यान्डसहित बेल्जियम, जर्मनी, फिनल्यान्ड, माल्टा, स्पेन, पोर्चुगल, नर्वे, डेनमार्क लगायत देशका १ दर्जन शहरका दर्शकलाई हसाउने छन् । अहिलेसम्म तय भएको तालिकाअनुसार पोर्चुगलको लिसबन सहरमा ३० सेप्टेम्बरमा उनीहरूले अन्तिम प्रस्तुती दिनेछन् । 

आयोजकका अनुसार नर्वे र डेनमार्कको कार्यक्रमको मिति तय भएको छैन । 

यही यात्राका कारण सुमन कार्की विसं २०८१ को गाइजात्रामा सहभागी नहुने भएका छन् ।

भन्छन्, ‘गाइजात्रामा सहभागी हुने ठूलो चाहना हुँदा हुँदै पनि पाइनँ । मिति हेरफेर र तयारी जस्ता कारणले यो पटक सहभागी नहुने भइयो ।’

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : ४७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका