दशौँ राष्ट्रिय खेलकुद कर्णालीप्रतिको विश्वास हो : मुख्यमन्त्री « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद कर्णालीप्रतिको विश्वास हो : मुख्यमन्त्री


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताएका छन् । वीरेन्द्रनगरमा आज आयोजित १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा उनले प्रतियोगिता आयोजनासँगै प्रदेशको देश तथा विदेशबाट मूल्यांकन हुने प्रष्ट पारे।

अहिले नै खेलकुद प्रतियोगिताका लागि दिनगन्ती सुरु हुने बेला नभएको उल्लेख गर्दै उनले  त्यसअनुसार अहिलेको व्यवस्थापन कमजोर भयो भन्न नहुने धारणा राखे । मुख्यमन्त्री कँडेलका अनुसार निर्धारित समयानुसार आगामी मङ्सिर २ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । 

प्राप्त बजेटबाट दक्षतापूर्वक काम देखाउन खेलकुद परिषद्लाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले ठाउँठाउँ पुगेर विभिन्न माग नराख्न पनि ध्यानाकर्षण गराए । गर्नुपर्ने कामहरू सरकारका तर्फबाट सरकारका प्रतिनिधिले गरिरहेको जानकारी गराउँदै उनले कमजोर आन्तरिक आम्दानी भएको अवस्थालाई ध्यान दिएर खेलाडीलाई परिस्थिति बुझाउन अधिकतम प्रयास गरिने प्रतिबद्धता जनाए।

आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्ने दायित्त्व पूरा गरिने उनको भनाइ छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेटलगायत व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता जनाए । 

कार्यक्रमको अध्यक्षता गरेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले निर्धारित खेलमध्ये थप खेल समावेश गर्न आफ्नातर्फबाट गर्नुपर्ने काम आन्तरिक रूपमा बढाइरहेको जानकारी दिए ।

प्रतियोगितामा दुई प्रमुख जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको उल्लेख गर्दै उनले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र कर्णालीले दुई अंकको पदक लिनुपर्ने चुनौती देखिएको बताए ।

मन्त्री भण्डारीले यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने बन्द प्रशिक्षणसहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको बताए। उनले व्यवस्थापनको पक्षमा कुनै पनि किसिमका अभाव हुन नदिन प्रदेश खेलकुद विकास परिषद्लाई निर्देशन दिए । 

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : ५१ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण