देश/प्रदेश

इन्द्रजात्राका लागि बसन्तपुरमा सुरक्षा व्यवस्था (तस्बिरहरु)

By खबरहब

September 17, 2024

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा पर्व मनाइँदैछ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

इन्द्रजात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ ।

राष्ट्रप्रमुख, प्रधानमन्त्री, सभामुखलगायतको उपस्थिति हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।