रविलक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होइन, कारवाही सिफारिस भयो ! « Khabarhub

रविलक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट’ पायो होइन, कारवाही सिफारिस भयो !


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लिन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।

साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरूको संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् । 

उनले भने- 

‘क्लिन चिट’ पायो! होइन, कारवाहीको सिफारिस भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो। सत्य के हो भने, प्रमुख दलका नेता कार्यकर्ताहरूका संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १ : ०६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६