एक हप्तापछि मणिपुरमा विद्यालय तथा इन्टरनेट सेवा सुरु « Khabarhub

एक हप्तापछि मणिपुरमा विद्यालय तथा इन्टरनेट सेवा सुरु


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरी बीचको झडपका कारण बन्द भएको एक हप्तापछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मंगलबारदेखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ ।

मणिपुरमा सन् २०२३ मे मा सुरु भएको  हिन्दु मेइतेई बहुमत र  इसाई कुकी समुदायबिच लडाइँका कारण  कम्तिमा २००  जनाको ज्यान लिएको स्रोतले जनाएको छ  ।

त्यहि समय देखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन् । केहि समयको सापेक्षिक शान्ति पछि, पछिल्लो समय फेरि हिंसा बल्झिदा कम्तिमा ११ जनाको मृत्यु भएको थियो ।

मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रूप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यु र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो ।  

हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मङ्गलबारदेखि  सबै विद्यालयमा सामान्य कक्षाहरू पुन । सुरु गर्न सरकारी आदेश जारी गरिएको छ ।

मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री  पोस्ट नगर्न  आग्रह गर्नु भएको छ ।  

यसै बीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : १४ बजे

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी