लुम्बिनी एमाले संसदीय दलका सदस्यलाई आचारसंहिता « Khabarhub

लुम्बिनी एमाले संसदीय दलका सदस्यलाई आचारसंहिता


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज देउखुरीमा भएको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेशसभा संसदीय दलको विधान, २०७५ बमोजिम प्रदेशसभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए। सस्तो लोकप्रियता आर्जनमा लाग्ने प्रवृत्तिको अन्त्य तथा आर्थिक प्रलोभनबाट सदस्यहरूलाई मुक्त गर्नु आचारसंहिताको उद्देश्य हो । 

जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका  कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा रहेको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ ।

लैङ्गिक, यौनजन्य विभेद तथा अशिष्ट अभिव्यक्तिजस्ता दुर्व्यवहार गर्न नपाइने, असल शासनका हरेक पक्षमा जिम्मेवार हुने, पारदर्शी र कुशल जनप्रतिनिधिको रूपमा स्थापित हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवं सामाजिक सञ्जालमा पार्टी नीतिविपरीत क्रियाकलाप गर्न नहुने उल्लेख छ । 

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : २२ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय