बनिसकेका प्रदेश संरचना हटाउन सकिँदैन : सभापति देउवा « Khabarhub

बनिसकेका प्रदेश संरचना हटाउन सकिँदैन : सभापति देउवा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका छन् । कांग्रेसको कानून विभागले मंगलबार सानेपामा आयोजना गरेको ‘संविधानको एक दशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उनले प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका हुन् । 

‘प्रदेश सरकारका सम्बन्धमा कुराहरू उठे । प्रदेश संरचना बनिसकेको छ । हट्ने कुरा छैन । हटाउन सकिने स्थिति पनि छैन,’ सभापति देउवाले भने, ‘यसलाई कसरी अझै बढी अकाउन्टेबल (जबाफदेही) बनाउनेदेखि लिएर सारा कुराहरूका सम्बन्धमा सोच्ने र विचार गर्नुपर्ने, त्यसअनुरूप सुधार गर्नुपर्ने कुराहरू हुन सक्दछन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउने गरी संविधान संशोधन हुन सक्ने पनि बताए । 

‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि संविधानमा संशोधन गर्ने कुरा भन्नु भएको छ । त्योचाहिँ प्रजातन्त्रको खिलापमा होइन,’ उनले भने, ‘प्रजातन्त्रलाई अझै मजबुत बनाउने किसिमले संविधानमा सुधार हुने गरी संविधान संशोधन हुन सक्दछ ।’ 

नेपाल विभिन्न जातजाति मिलेर बनेको देश भएको भन्दै देउवाले इतिहासले गरेका गल्तीहरू समाप्त गर्न नसकिएको स्वीकार गरे ।

‘नेपाल विभिन्न जातजातिले बनेको देश हो । यसमा अझै पनि विभाजन छ,’ उनले भने, ‘अझै पनि इतिहासले गरेका गल्तीहरू समाप्त गर्न सकिएको छैन । छुवाछुतलगायतका कतिपय कुराहरु कानूनी रुपमा समाधान भए पनि प्र्याक्टिसमा सजिलोसँग लागू भएको छैन । लागू हुन पनि धेरै समय लाग्ने स्पष्ट छ ।’

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : २७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु