सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार « Khabarhub

सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सातवटै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । 

स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । 

सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच प्रदेशमा पुगेको हो ।

भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको आफ्नो योजना तथा प्राथमिकतामासमेत क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गरेका थिए ।
आफूले गरेको पहिलो घोषणा पूर्णरुपमा कार्यान्वयनमा आएको जानकारी दिँदै मन्त्री पौडेलले अबको चरणमा मानव अंग प्रत्यारोपण तथा मुटुको उपचारका सेवा समेत विस्तार गर्न सकिने बताएका छन् ।

मन्त्री पौडेलले भने, ‘क्यान्सरसँगै मानव अंग प्रत्यारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने नीति लिएका छौं’संघीय क्यान्सर अस्पतालको सेवा नै विस्तारित अस्पतालबाट पाउने भएकाले खर्च र समय दुवै बचत हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अब सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पाउनेछन् । 

स्याटलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने भएकाले यो प्रभावकारी हुने सचिवालयले जनाएको छ ।यसअघि संघ मातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ५ : ४८ बजे

फर्केर हेर्दा २०८२ : राजनीतिसँगै आर्थिक-सामाजिक क्षेत्रमा के के भयो ?

काठमाडौं– आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ सुरु भएको छ

९ महिनामा सरकारको खर्च आम्दानीभन्दा डेढ खर्ब बढी, पुँजीगत खर्च २३ प्रतिशत मात्रै

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिनामा सरकारको खर्च आम्दानीको तुलनामा

मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

एजेन्सी– रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने

बालेन-रविबारे अमेरिकी रिपोर्ट : स्वार्थ प्रेरित गठजोड, उपसभामुखसहितका कुराले खटपट भएको सुनियो

काठमाडौं– अमेरिकास्थित कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को हालै सार्वजनिक एक

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा