दिल्लीमा केजरीवालको राजीनामा, आतिशीले गरिन सरकारको दाबी पेश | Khabarhub Khabarhub

दिल्लीमा केजरीवालको राजीनामा, आतिशीले गरिन सरकारको दाबी पेश


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । केजरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् ।

केजरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबि समेत पेश गरेकी छन् । केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ ।

यस अघि आजै बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । 

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । 

४३ बर्षिया आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरू जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ७ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’