आज २०८१ साल कात्तिक १ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १ गते बिहीबारको राशिफल


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १७ तारिख। आश्मिन शुक्ल पक्षको पूर्णिमा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। तपाईंको पक्षमा न्याय हुनेछ। शत्रुमाथि विजय प्राप्त गर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बनने योग छ।

वृष : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परोपकारमा सहभागी हुँदा राम्रो हुनेछ। वैदेशिक क्षेत्रको रमझमले तपाईंको मन तान्नेछ। परिवारमा महत्त्वकांक्षी विचार राखेमा धोका हुने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

मिथुन : ठट्टा गर्ने बानीले साथीलाई घात पर्ने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो क्षेत्रको लगानीबाट नाफा कमाउने योग छ। विरोधीसँग सचेत बन्नु राम्रो हुन्छ। विरोधका आवाज सुन्नुपर्ने जोखिम देखिन्छ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। सरकारी स्वामित्व भन्दा निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको व्यापारबाट ठुलो नाफा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको जोखिम हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। बन्धुको सहयोग मिल्नेछ। सप्तम भावमा शनिदेव पुगेकाले परिवारमा खटपटठी हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

कन्या : समय राम्रो छ। लगानीमा सन्तोष मिल्नेछ। राजनीतिक संगठनको बलमा ठुलाठुला काम गरेमा फाइदा होला। परिवारमा घुमघामको योजना बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम देखिन्छ। तपाईंले आज इज्जतको ख्याल गर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : शुभग्रहको बहुमत छ। दैनिकी सहज बन्ने देखिन्छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछन्। बौद्धिक क्षेत्रमा परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने देखिन्छ।

धनु : साना कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ। तनावले निन्द्रा नलाग्ने हुनसक्छ । परिवारमाथि पूर्ण विश्वास गरेमा धोका हुने जोखिम छ। स्वादेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

मकर : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मनलाई अशान्त बनाउन सक्छ। अन्त्य साढेसाती दशाको केही अंश बाँकी रहेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। बन्धुको साथ लिएर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। रोगविरुद्ध विजयी प्राप्त हुनेछ।

कुम्भ : बोली र व्यवहार फरक देखिनसक्छ। मध्य साढेसाती दशा चले पनि धनआर्जन हुनेछ। शिक्षाको क्षेत्रमा जोस बढ्नेछ। निजी क्षेत्रमा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आफ्नै राशिमा चन्द्रमा पुगेकाले तपाईंको बोलीमा राम्राराम्रा शब्द सार्वजनिक हुनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : २६ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका